वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व त्रयोदशी - १३
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयहरुद्वारा प्रदान गरिने सेवा तथा सुविधाहरू
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयहरुले क्षेत्रभित्र उद्योग स्थापना तथा सञ्चालनका लागि जमिन, भवन, गोदाम, बिद्युत तथा पानी, सडक, ढल जस्ता अत्यावश्यकीय पूर्वाधारहरू उपलव्ध गराउंदै आएका छन । बैंक, हुलाक, वर्कशप, चिकित्सालय, दिवाशिशु स्याहार केन्द्र, चमेनागृह, समीक्षालय, प्रदर्शनीकक्ष, अतिथि गृह, सुरक्षा, सरसफाई आदि जस्ता सुविधा तथा सेवाहरु पनि उपलब्ध छन् । क्षेत्रस्थित उद्योगहरुको सहभागितामा केही थप अन्य सुविधाहरु पनि प्रदान गरिएका छन् । यसैगरी उद्योगबाट निस्किने प्रदुषित पानीलाई प्रशोधन गरेरमात्र निकास गर्ने र क्षेत्रभित्रको वातावरण स्वच्छ राख्ने उ२ेश्यले डेनमार्क सरकारको सहयोगमा Environmet Sector Progrmme Support (ESPS) अन्तर्गत हेटौडा औद्योगिक क्षेत्रमा एकिकृत प्रदुषित पानी उपचार संयन्त्र (Waste Water Treatment Plant) स्थापना गरी कार्यालयको अगुवाईमा उद्योगीहरु समेतको सहभागितामा छुट्टैै व्यवस्थापन समिति गढन गरी सोको सञ्चालन तथा व्यवस्थापन गरिएको छ । उद्योग कलकारखानाको सुरक्षाका लागि नेपाल सरकारको निर्णयानुसार अधिकांश औद्योगिक क्षेत्रहरुमा सशस्त्र प्रहरी वल नेपाल औद्योगिक सुरक्षा गुल्म/गण/क्याम्प/पोष्ट स्थापना गरिएकोमा हाल नेपाल सरकारले औद्योगिक सुरक्षा बल खारेज गरेको र नीति परिर्वर्तन गरी सशस्त्र प्रहरी बल सुरक्षा बेसबाट सेवा प्रदान भइरहेको छ ।