वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व त्रयोदशी - १३
परिचय
वीरेन्द्रनगर औद्योगिक क्षेत्र नेदरल्याण्ड सरकारको सहयोगमा “प्राइमुभर इण्डष्ट्रिज प्रोजेक्ट” अन्तर्गत बि.सं. २०३८ साल कार्तिक २२ गते स्थापना भएको हो ।यो औद्योगिक क्षेत्र ९० रोपनी जमिनमा फैलिएको छ । यो क्षेत्रमा ६८.०७ रोपनी जग्गा लिजमा दिएको र २१.९३ रोपनी जग्गा युटिलिटि सेवाले ओगटेको छ । हाल यस क्षेत्रमा जम्मा उद्योग २४ वटा मध्ये २२ वटा चालु, १ वटा निर्माणाधीन र १ वटा बन्द उद्योग रहेका छन् । क्षेत्रभित्रका उद्योगहरूले २२४ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।यस क्षेत्रमा काठमा आधारित उद्योग, वर्कसप, पोल्ट्री, पानी, दुग्ध पदार्थ, खाद्य उद्योग, प्रेस, उर्जा आदि उद्योगहरु रहेका छन ।
यस औद्योगिक क्षेत्रभित्र क्षेत्रकै स्वमित्वमा रहेको पानी बोरिéबाट पानी वितर)f गरिएको छ।क्षेत्रभित्र विद्युत वितर)f गर्न ५०० के.भि.ए.को ^«fन्फरमर जडान भएको छ।क्षेत्रभित्रको जम्मा सडक (कि.मि.) ०.९१ रहेको छ ।
संक्षिप्तमा
स्थापना |
:- २०३८।०७।२२ |
क्षेत्रफल |
:- ९० रोपनी |
लिजमा दिएको जमिन (रोपनी) |
:- ६८.०७ |
लिजमा दिन बाँकी जमिन |
:- छैन |
सेवाले ओगटेको जमिन (रोपनी) |
:- २१.९३ |
औद्योगिक भवन |
:- ५ |
व्यवसायिक सटर |
:- ५ |
कार्यालय तथा अन्य भवन |
:- ८ |
लगानी (रू. करोडमा) |
|
सरकारी |
:- १.६५ करोड |
निजी क्षेत्रको (अनुमानित) |
:- ७५ करोड (अनुमानित) |
राजस्वमा योगदान (वार्षिक) |
:- ६२ लाख (अनुमानित) |
उद्योगको संख्या |
:- २४ |
चालु |
:- २२ |
निर्माणाधीन |
:- १ |
बन्द उद्योग |
:- १ |
रोजगारी संख्या |
:- २२४ |
विद्युत क्षमता |
:- ५०० के.भि.ए. |
पानी वितरण क्षमता |
:- ८ कि.लि. (प्रतिदिन) |
सडक (कि.मि.) |
:- ०.९१ |