national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

वीरेन्द्रनगर औद्योगिक क्षेत्रको परिचय

परिचय

वीरेन्द्रनगर औद्योगिक क्षेत्र नेदरल्याण्ड सरकारको सहयोगमा प्राइमुभर इण्डष्ट्रिज प्रोजेक्ट अन्तर्गत बि.सं. २०३८ साल कार्तिक २२ गते स्थापना भएको हो ।यो औद्योगिक क्षेत्र ९० रोपनी जमिनमा फैलिएको छ । यो क्षेत्रमा ६८.०७ रोपनी जग्गा लिजमा दिएको र २१.९३ रोपनी जग्गा युटिलिटि सेवाले ओगटेको छ । हाल यस क्षेत्रमा जम्मा उद्योग २४ वटा मध्ये २२ वटा चालु, १ वटा निर्माणाधीन र १ वटा बन्द उद्योग रहेका छन् । क्षेत्रभित्रका उद्योगहरूले २२४ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।यस क्षेत्रमा काठमा आधारित उद्योग, वर्कसप, पोल्ट्री, पानी, दुग्ध पदार्थ, खाद्य उद्योग, प्रेस, उर्जा आदि उद्योगहरु रहेका छन ।

यस औद्योगिक क्षेत्रभित्र क्षेत्रकै स्वमित्वमा रहेको पानी बोरिéबाट पानी वितर)f गरिएको छ।क्षेत्रभित्र विद्युत वितर)f गर्न ५०० के.भि.ए.को ^«fन्फरमर जडान भएको छ।क्षेत्रभित्रको जम्मा सडक (कि.मि.) ०.९१ रहेको छ ।

संक्षिप्तमा

स्थापना

:- २०३८।०७।२२

क्षेत्रफल

:- ९० रोपनी

लिजमा दिएको जमिन (रोपनी)

:- ६८.०७

लिजमा दिन बाँकी जमिन

:- छैन

सेवाले ओगटेको जमिन (रोपनी)

:- २१.९३

औद्योगिक भवन

:- ५

व्यवसायिक सटर

:- ५

कार्यालय तथा अन्य भवन

:- ८

लगानी (रू. करोडमा)

सरकारी

:- १.६५ करोड

निजी क्षेत्रको (अनुमानित)

:- ७५ करोड (अनुमानित)

राजस्वमा योगदान (वार्षिक)

:- ६२ लाख (अनुमानित)

उद्योगको संख्या

:- २४

चालु

:- २२

निर्माणाधीन

:- १

बन्द उद्योग

:- १

रोजगारी संख्या

:- २२४

विद्युत क्षमता

:- ५०० के.भि.ए.

पानी वितरण क्षमता

:- ८ कि.लि. (प्रतिदिन)

सडक (कि.मि.)

:- ०.९१