वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व त्रयोदशी - १३
नयाँ औद्योगिक क्षेत्र सम्बन्धी कार्य प्रगति विवरणः
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/१२/०१ को निर्णय अनुसार झापा जिल्लाको दमक, मकवानपुर जिल्लाको मयुरधाप, बाँके जिल्लाको नौवस्ता, रुपन्देही जिल्लाको मोतिपुर र कंचनपुर जिल्लाको दैजी औद्योगिक क्षेत्र तथा मिति २०७३/११/०३ को निर्णय अनुसार, चितवन जिल्लाको शक्तिखोर औद्योगिक क्षेत्र र मिति २०७७/10/११ को निर्णय अनुसार दाङ जिल्लाको लक्ष्मीपुर औद्योगिक क्षेत्र घोषणा भइ विभिन्न कार्यहरु भइरहेका छन् l
(क)नेपाल सरकार मन्त्रिपरिषदबाट घोषणा भएका औद्योगिक क्षेत्रहरु:
क्र.सं. |
औद्योगिक क्षेत्र र आयोजना स्थान |
क्षेत्रफ़ल (विगाहा) |
हालसम्मको प्रगति अवस्था |
१ |
दमक औद्योगिक क्षेत्र, कोशी प्रदेश झापा जिल्ला |
२१०० |
दुईहजार एक सय विघा मध्ये लिमिटेडको नाममा जम्मा १७५८ विघा जग्गाको श्रेस्ता पूर्जा प्राप्त भइसकेको छ।बाँकी जग्गा प्राप्ती कार्य भइरहेको छ।यस औ.क्षे.को विस्तृत परियोजना प्रतिवेदन (DPR) लगानी बोर्डको कार्यालयबाट र वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ।औद्योगिक क्षेत्र शिलान्यास भईसकेको छ।जग्गाको लिज सम्झौता हुने क्रममा रहेको छ।दमक औ.क्षे.को लागी नेपाल सरकार लगानी बोर्डको कार्यालयबाट रु. ६४ अर्व विदेशी लगानी स्वीकृत हुनुका साथै बोर्डको कार्यालयले परियोजना विकास सम्झौता (PDA) को स्वीकृत गर्ने प्रक्रियामा भई रहेको छ। |
2 |
मयुरधाप औद्योगिक क्षेत्र, बागमती प्रदेश, मकवानपुर जिल्ला |
१९९ |
विस्तृत परियोजना प्रतिवेदन (DPR) स्वीकृत भएको छ । औद्योगिक क्षेत्र शिलान्यास भएको छ । वातावरणीय प्रभाव मुल्यांकन (EIA) प्रतिवेदन स्वीकृतीको लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ। |
३ |
शक्तिखोर औद्योगिक क्षेत्र, बागमती प्रदेश, चितवन जिल्ला |
|
बिस्तृत परियोजना प्रतिबेदन (DPR) सम्पन्न र वातावरणीय प्रभाब मूल्यांकन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । औद्योगिक क्षेत्रको लागि वन क्षेत्रको जग्गा प्राप्तिको लागि रुखहरुको छपान, नम्बरिङ्ग र नापजाँच सम्बन्धी कार्य प्रक्रियामा रहेको छ । |
4 |
लक्ष्मीपुर औद्योगिक क्षेत्र, लुम्बिनी प्रदेश, दाङ जिल्ला |
५४९ |
सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई बिस्तृत परियोजना प्रतिबेदन(DPR) र वातावरणीय प्रभाब मूल्यांकन (EIA) सम्बन्धी कार्य प्रक्रियामा रहेको छ । |
५ |
मोतिपुर औद्योगिक क्षेत्र, लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला |
९४६.४६ |
बिस्तृत परियोजना प्रतिबेदन(DPR) सम्बन्धी कार्य स्वीकृत भएको छ। औद्योगिक क्षेत्रको सर्वे सम्पन्न भएको छ । औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडको नाममा ८१३ विगाहा जग्गाको श्रेस्ता पुर्जा प्राप्त प्राप्त भएको छ । यसै गरी औद्योगिक क्षेत्र शिलान्यास भएको छ । |
६ |
नौवस्ता औद्योगिक क्षेत्र, लुम्बिनी प्रदेश, बाके जिल्ला |
३३८ |
बिस्तृत परियोजना प्रतिबेदन (DPR) सम्पन्न र वातावरणीय प्रभाब मूल्यांकन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । औद्योगिक क्षेत्रको सर्वे सम्पन्न भएको छ । औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडको नाममा 338 विगाहा जग्गाको श्रेस्ता पुर्जा प्राप्त प्राप्त भएको छ । औद्योगिक क्षेत्र शिलान्यास भएको छ । |
७ |
दैजी औद्योगिक क्षेत्र, सुदूरपश्चिम प्रदेश, कंचनपुर जिल्ला |
३५४.८७ |
यस औ.क्षे.को सम्भाव्यता अध्ययन कार्य, बिस्तृत परियोजना प्रतिबेदन (DPR) सम्पन्न र वातावरणीय प्रभाब मूल्यांकन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । औद्योगिक क्षेत्रको लागि वन क्षेत्रको जग्गा प्रयोगको लागि डिभिजन वन कार्यालय कंचनपुरले औद्योगिक क्षेत्रको लागि वन क्षेत्र प्रयोग सम्बन्धमा राय सहितको विवरण वन तथा भू-संरक्षण विभागमा पेश गरेको छ। औद्योगिक क्षेत्र शिलान्यास भएको छ । |